हरामी मेसी खेलकै बेला आराम गर्छन्


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, फाल्गुन ९, २०७६

  • एजेन्सी । स्पेनि क्लब बार्सिलोनाले आगामी खेल घरेलु मैदान क्याम्प नाउमा एइबारविरुद्ध खेल्दैछ । शनिबार राति नेपाली समयअनुसार ८ः४५ बजे शुरु हुने खेलमा बार्सिलोनाका कप्तान लियोनल मेसीलाई आराम दिनसक्ने कुरा छ ।

    बार्सिलोना च्याम्पियन्स लिगमा नापोली तथा ला लिगा अन्र्तगत रियल मड्रिडविरुद्ध खेल खेल्नुपर्ने भएको कारणले गर्दा मेसीलाई एइबारविरुद्धको खेलमा प्रशिक्षक क्विके सेटियनले आराम दिनसक्ने कुरा आएको हो । तर, एइबारका प्रशिक्षक जोसे मेन्डिलिबारले भने मेसीले खेल दौरान नै आराम गर्ने गरेको बताएका छन् ।

    यसबारेमा उनले भने ‘मलाई लाग्दैन (मेसीले) आराम गर्छन् । यो हरामीले खेल चलिरहँदा नै आराम गर्छन् । यदी उनलाई दिनभरी बिदा दियो भने उनको समय नै खराब हुन्छ । उनी अझै थाक्छन् ।’

    यसअघि ओसासुना सम्हाल्दाको घटनाबारे उनले पत्रकारहरुलाई सुनाए ‘जब म ओसासुनामा थिए, हामी कोपा डेल रेको खेल (क्याम्प नाउमा) खेल्न गएका थियौं । उक्त बिहान मेसीको पेटमा समस्या भएको र ज्वरो आएको भनेर टिममा थिएनन् । खाना खाइसकेपछि उनी ठिक भएछन् । त्यसपछि उनलाई बेन्चमा राखियो । त्यतिबेलासम्म हामी २–० गोलले पछि परेका थियौं । त्यसपछि मैले उनले वार्मअप गरिरहेको देखें । उनी मैदानमा प्रवेशक गरे र दुई गोल गरेपछि हामी ४–० गोलले हार्यौं ।’

    मेन्डिलिबारले बार्सिलोनाले अंक गुमाउन नचाहेको भए पनि आफूहरुले जित्नको लागि खेल्ने बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार