गगन थापाले पढ्दै गरेको फोटो राखेर अमेरिकी दूतावासले लेख्यो– हेर्नुस् त, कक्षामा को छ ?


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, चैत्र १५, २०७५

  • काठमाडौं, चैत १५ ।  नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री गगन थापाले अमेरिकाको हावर्ड विश्वविद्यालयमा छोटो अवधिको कोर्स शुरू गरेका छन् ।

    गगनले हावर्ड केनेडी स्कूलमा ‘एक्काइसौं शताब्दीका लागि विश्वव्यापी नेतृत्व र सार्वजनिक प्रशासन’ विषयको कोर्स गर्न लागेका हुन्

    सिकाइ तथा कक्षामा फर्कन पाउँदा आफूलाई अत्यन्तै युवा महसूस भइरहेको गगनले बताएका छन् ।

    यसबारे अमेरिकी दूतावासले फोटोसहितको सन्देश लेखेको छ: 

    हेर्नुस् त, कक्षामा को छ ? नेपाली सांसद गगन थापा अमेरिकाको हावर्ड विश्वविद्यालयस्थित हार्वर्ड केनेडी स्कूलमा छोटो अवधिको “एक्काइसौं शताब्दीको लागि विश्वव्यापी नेतृत्व र सार्वजनिक प्रशासन“ शीर्षकको कोर्स गर्न पुग्नुभएको छ। उहाँ भन्नुहुन्छ, “मलाई युवा रहिरहनु छ र सिकाइ एक यस्तो विषय हो जसले युवा रहन सहयोग गर्छ। सिकाइ तथा कक्षामा फर्कन पाउँदा मैले आफूलाई अत्यन्तै युवा महसूस गरिरहेको छु । एकदमै रमाइलो लागेको छ ।“ We wish him an A+ time! हामी उहाँलाई रमाइलो सिकाइको कामना गर्दछौं ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार