गैँडाको खागसहित एक पक्राउ


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, पुस २०, २०७७

  • कैलाली, २० पुस (रासस) : कैलालीमा खैरो रङको गैँडाको खागसहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । बर्दगोरिया गाउँपालिका–४ स्थित छतिवना सामुदायिक वन नजीक पूर्व–पश्चिम महेन्द्र राजमार्गबाट १७१ ग्राम ९६० मिलिग्राम खैरो रङको गैँडाको खाग एक थानसहित सोही गाउँपालिका–५ का नैनबहादुर कठरियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।

    कठरियालाई ना३स ५७१८ नं को अटोरिक्सा जाँचका क्रममा उक्त खाग बरामद गरिएको प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो । अटोरिक्सा र निज कठरियालाई आवश्यक कारबाहीका लागी सबडिभिजन वन कार्यालय साँडेपानी कैलालीमा बुझाइएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार