ग्रिजम्यानका लागि तिरिएको रकम कम भएको भन्दै एथ्लेटिको मड्रिड द्वारा बार्सिलोना विरुद्द फिफामा उजुरी गर्ने तयारी


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, असार ३०, २०७६

  • काठमाडौं । असार ३० ।  एथ्लेटिको मड्रिडबाट बार्सिलोना आएका फरवार्ड एन्टोइन ग्रिजम्यानले आफ्नो ट्रान्सफरलाई लिएर मड्रिडले देखाएको व्यवहार दुःखलाग्दो भएको प्रतिक्रिया दिएका छन् ।

    बार्सिलोनाले यही हप्ता १२० मिलियन युरो तिरेपछि ग्रिजम्यान भित्रिएका थिए । तर बार्सिलोनाले सम्झौता गरेको समयमा ग्रिजम्यानको मूल्य २०० मिलियन युरो रहेको भन्दै एथ्लेटिको मड्रिडले विरोध गरिरहेको छ ।

    ‘हामी सम्झौताको नजिक पुगिसकेका थियौं तर फ्याट्ट त्यसमा परिवर्तन आइदियो । यसैले रकम घट्न पुग्यो । यसलाई सबैले स्वीकार गर्न आवश्यक छ’ उनले भने ।

    तर एथ्लेटिको मड्रिड कानुन विपरीतको बिक्री रहेको भन्दै फिफामा उजुरी गर्ने तयारीमा छ । गएको मार्चमा नै ग्रिजम्यानसँग बार्सिलोनाले सम्झौता गरेको भन्दै त्यतिबेलाकै रकम तिर्नुपर्ने दाबी एथ्लेटिकोको रहेको छ ।

    अब एथ्लेटिको मड्रिड धम्की दिइरहे जस्तो कानुनी बाटोमा नै जान्छ या उसले थप केही रकम बार्सिलोनाबाट लिएर विवाद साम्य पार्छ, यो भने स्पष्ट छैन ।

    आइतबार बार्सिलोनामा सार्वजनिक भएका ग्रिजम्यान भने अवस्थाअनुसार भएका घटना हुनाले बार्सिलोना र एथ्लेटिको मड्रिडबीच विवाद आवश्यक नरहेको बताउँछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार