चन्द्रपुरमा कुलपुजाको नाममा सार्वजनिक जग्गा अतिक्रमण


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, माघ ४, २०७७

  • रौतहट । रौतहट, चन्द्रपुर नगरपालि ८ बेतौनामा कुलपुजाको नाममा सार्वजनिक जग्गा अतिक्रमण गरिएको छ । सिमित व्यक्तिहरुको स्वार्थको लागि कुल पुजाको नाममा अव्यवस्थित हिसाबले मन्दिर निर्माण गरि जग्गा हडप्न खोजिएको हो ।

    यो सार्वजनिक जग्गा यसै गाउँको स्थानियहरुले सार्वजनिक हितका लागि प्रयोग गर्दै आएका थिए । कुल मन्दिर निर्माण भए पश्चात सिमित खड्का थरले मात्र यो मन्दिर उपयोग गर्न पाउँने भएकाले अन्य गाउँबासि आक्रोशित भएका छ्न् । कानुनतः सार्वजनिक जग्गा उपभोग गर्न जिल्ला वन कार्यालय, जिल्ला समन्वय समिति, स्थानीय सरकार र मन्त्रालयबाट स्वीकृती लिनुपर्ने हुन्छ । सरकारी निकायसँग कुनै स्वीकृती नै नलिई सार्वजनिक जग्गा हडप्नु गैरकानुनी हो । तर यहाँ सम्बन्धित निकायको अनुमति लिएको छ न त सम्पुर्ण गाउँबासिको हितमा कार्य भएको छ ।

    आज बिहान स्थानिय युवाहरुले बिरोध गरेपश्चात मन्दिर निर्माण कार्य भने रोकिएको छ । यसै बेतौना गाउँका युवकले आक्रोशित हुँदै भने ‘यो सार्वजनिक जग्गा हो, यो जग्गा पुर्ण रुपमा सरकारको स्वामित्वमा हुन्छ, यो जमिन सम्पुर्ण स्थानियको सार्वजनिक हितका लागि प्रयोग गर्दै आएका थियौँ । तर, सिमित ब्यक्तिको स्वार्थको लागि कुलपुजाको नाममा मन्दिर निर्माण गरि जग्गा अतिक्रमण गर्न खोजिएको छ । यो कार्य सार्वजनिक हितमा छैन ।’

    त्यस्तै यसै गाउँका एकजना वृद्धले भने ‘यो धार्मिक स्थल हो । यहाँ बिभिन्न जातजाति बस्छौँ । केहि जातिको स्वार्थको लागि सार्वजनिक जग्गा अतिक्रमण गरेर कुलमन्दिर निर्माण गरि पशुको बलि चडाउँनु यो हाम्रो लागि जायज भएन । यो कार्य र घटनाको परिदृश्यले समाजमा द्वन्द्व सिर्जना गर्न सक्छ भनेर स्थानीय चिन्तित समेत भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार