चेल्सी भर्सेस टोटनहम : चेल्सीलाई जित्नैपर्ने दबाब


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, फाल्गुन १५, २०७५

  • काठमाडौं , फागुन १५। काठमाडौँ – आज राति प्रिमियर लिगमा चेल्सीले टोटनहमसँग खेल खेल्दैछ । यस सिजन उच्च फर्ममा रहेको टोटनहमविरुद्ध चेल्सीले खेल जित्नै पर्ने दबाब रहेको छ । चेल्सीका प्रशिक्षक

    सारीले आफ्नो जागिर जोगाउन पनि खेल जित्नु पर्नेछ । यस सिजन एक खेल पनि बराबरी नखेलेको टोटनहमका लागि प्रिमियर लिग उपाधिकालागि प्रतिस्पर्धामा रहिरहन जित्नै पर्ने दबाब रहेको छ ।

    २७ खेलमा टोटनहमले ६० अंक जोडेको छ । बन्र्लीसँगको खेल हारेपछि निराश बनेको टोटनहम व्याक टु व्याक खेल जित्ने रणनीतिमा रहेको छ ।

    काराबाओ कपमा म्यानचेस्टर सिटीसँग पराजित भएको चेल्सी आफ्नो मनोबल उच्च राख्दै टोटनहमसँग खेल्ने दाउमा रहेको छ । चेल्सीको २६ खेलमा ५० अंक रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार