च्याम्पियन्स लीग : टोटनह्याम र आयाक्स भिड्दै


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, बैशाख १७, २०७६

  • काठमाडौं, १७ वैशाख ।   यूरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलका खेल मंगलबारदेखि शुरु हुँदैछ । आज हुने पहिलो सेमिफाइनल लेगमा टोटनह्याम हट्सपर र आयाक्स भिड्दै छन्।   खेल नेपाली समय अनुसार राति पौने १ बजे टोटनह्यामको घरेलु मैदानमा हुनेछ ।

    यी दुई टोलीबीच ३८ वर्ष पछि खेल हुन लागेको हो। पछिल्लो पटक यी टिमले सन् १९८१को २९ सेप्टेम्बरमा यूएफा युरोपियन कप विनर्समा भिडेका थिए। जसमा आयाक्स टोटनह्यामसंग ३-० ले पराजित भएको थियो ।

    जर्मनीको बोरुसिया डर्टमन्डलाई प्रि क्वार्टरफाइनलमा पराजित गर्दै क्वाटर फाइनल प्रवेश गरेको टोटनह्यामले क्वाटरफाइनलमा भने म्यानचेस्टर सिटीलाई स्तब्ध पार्दै अन्तिम चारमा स्थान बनाउन सफल भयो। त्यस्तै स्पेनको रियल मिड्रड र इटलीको युभेन्टसलाई हराउँदै आयाक्सले सेमीफाइनलमा स्थान सुरक्षित गरेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार