जब डेभिड बेकामलाई कुरुप मूर्ति देखाएर यसरी प्रांक गरियो…(भिडियो)


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, चैत्र १, २०७५

  • काठमाडौं , चैत्र १ ।  काठमाडौँ –इंग्ल्याण्डका फुटबल लिजेन्ड डेभिड बेकामलाई एक अमेरिकन लेट नाडट शो कार्यक्रमले ‘प्रांक’ गरेको छ । अमेरिकन सकर क्लब एलए ग्यालेक्सीले उनको सम्मानमा मूर्ति बनाएको थियो । तर, ‘लेट नाइट शो विथ जेम्स कोर्डन’को टिमले क्लबसँग मिलेर उनीमाथि केही हप्ताअघि प्रांक गरेको हो ।

    टिमले क्लबसँग मिलेर बेकामको मूर्ति सार्वजनिक गर्ने भन्दै कुरुपको सार्वजनिक गर्दा उनी मलिन अनुहारमा देखिए । एलए ग्यालेक्सीको घरेलु मैदान डिग्निटी हेल्थ स्पोर्टस् पार्क कार्सन, क्यालिफोर्नियामा क्लबको अध्यक्ष तथा जेम्स कोर्डनको टिम मिलेर कुरुप मूर्ति सार्वजनिक गर्दा उनले मूर्ति निर्माण गर्ने व्यक्ति (नाटक गर्ने व्यक्ति)लाई नम्र भएर मूर्तिमा नमिलेको भागको बारेमा गुनासो गर्दै थिए ।

    मूर्तिमा बेकामको आँखा ‘डेरो’ बनाइएको थियो त्यस्तै ‘हिप’पनि निकै ठूलो बनाइएको थियो । बेकामले मूर्तिमा सबैभन्दा मिलेको कपाल मात्रै रहेको बताइरहँदा मूर्ति बनाउने मान्छे उनलाई सम्झाउँदै भन्दै थिए ‘मूर्ति निकै राम्रो बनेको छ ।’ सोही कुरामा एलए ग्यालेक्सीका अध्यक्ष क्रिस क्लेनले पनि हो मा हो मिलाउँदै थिए । बेकामले उक्त मूर्तिमा आपत्ति जनाउँदै गएपछि क्लबका अध्यक्षले उक्त मूर्ति हटाउन लगाए । लगत्तै एउटा लोडर गाडी आयो र मूर्ति भत्काइदियो । त्यसपछि बेकामले उक्त स्थान छोड्न लाग्दै नजिकै रहेका जेम्स कोर्डन पुगेपछि मात्रै बेकामले आफूमाथि प्रांक गरेको थाहा पाए ।

    एजेन्सी ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार