जर्मन प्रशिक्षक लोउको नजरमा कसले जित्ला त युरोकप ?


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, मंसिर ३, २०७६

  • एजेन्सी । जर्मन प्रशिक्षक जोचिम लोउले सन् २०२० को युरोकपको उपाधि जित्ने एउटा दावेदार जर्मन रहेको बताएका छन् । सन् २००६ देखि जर्मन फुटबल टिमको मुख्य प्रशिक्षकको भूमिकामा रहेको जोउले आफ्नो टिम ‘अन्डरडग’ रहेको भन्दै उपाधिको दावेदार रहेको बताएका हुन् ।

    सन् २०२० को युरोको लागि स्थान पक्का गरिसकेको जर्मनीले मंगरलबार नर्दन आयरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । उक्त खेलअघि लोउले भने ‘इंग्ल्याण्ड, फ्रान्स, स्पेन, इटाली, बेल्जियम र होल्याण्ड हामीभन्दा अघि छन् । उनीहरुको टिममा नयाँ पुस्ताका खेलाडी छन् । तर, उनीहरुमध्ये एकले उपाधि जित्छन् भन्ने छैन ।’

    युरोको लागि छनोट भएकोमा उनले आफ्नो खेलाडीहरुलाई बधाई समेत दिएका छन् । केही मुख्य खेलाडीहरु चोटको कारण मैदान बाहिर रहे पनि छनोट भएकोमा उनले बधाई दिएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार