जिदानको नजरमा रहेका दुई खेलाडी…


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, माघ १४, २०७६

  • एजेन्सी । रियल मड्रिडले लामो समयदेखि अनुबन्ध गर्न चाहेका खेलाडी हुन् लिभरपुलका स्टार खेलाडी साडियो माने । उनले लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि जिताउन प्रमुख भुमिका खेलेका थिए ।

    त्यस्तै यस सिजन उच्च फर्ममा रहेका उनले लिभरपुललाई प्रिमियर लिगको उपाधि जिताउने सम्भावना पनि उत्तिकै रहेको छ ।

    पुर्व साउथह्याम्टनका खेलाडी मानेलाई अनुबन्ध गर्न विश्वका प्रतिष्ठित क्लबहरु लागि परेका छन् । तर, मध्य सिजनमा नभए पनि सिजनको अन्तिममा उनलाई रियलले किन्नका लागि ठुलै रकम अफर गर्ने बताइएको छ ।

    मिडिया रिपोर्टका अनुसार जिदान दुई जना खेलाडी किन्न व्यग्र देखिएका छन् ।

    रियलको मिडफिल्डका लागि म्यानुका पोग्वा र फरवार्ड लाइनमा माने परेका छन् । यी दुई खेलाडीलाई रियलले अनुबन्ध गर्न सके उपाधि दौडमा रियलको यात्रा सहज हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार