झिनो आशामा रियल मड्रिडमा टिकिरहेका ग्यारेथ बेलको भविष्य के होला ?


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, साउन १, २०७६

  • काठमाडौं । साउन १  । रियल मड्रिडका स्टार खेलाडी हुन् ग्यारेथ बेल । तर, केही वर्ष यता उनको खराब दिनहरु चलिरहेका छन् । उनले रियलमा चाहेजस्तो खेल प्रदर्शन गर्न सकिरहेका छैनन् ।

    प्रशिक्षक जिदान आएपछि त झन् उनको करिअर धरापमा परेको छ । उनले बेन्चमा बसेर धेरै समय बिताइसकेका छन् । अब भने उनी रियलमा वार वा पार गर्ने अवस्थामा रहेका छन् । तर, प्रशिक्षकको रोजाईमा पर्न नसक्नु, फ्यानहरुको समर्थन पनि नपाउनु उनको लागि अर्को दुर्भाग्य भएको छ ।

    प्रि–सिजन टुरको लागि अभ्यास गरिरहेका उनलाई जिदाने सिजन सुरुवात अघि नै उनी आफ्नो योजनामा नरहेको बताइसकेका छन् । तर, झिनो आशाका साथ उनी रियलमा टिकिरहेका छन् ।

    उनलाई बेच्न रियलले नचाहेको पनि होइन । तर, रियलले ६० मिलियन पाउण्ड बताएपछि उनलाई किन्न आतुर देखिएको टोटनहम भने झस्किएको छ । उनलाई लोनमा लान समेत आट्न सकिरहेको छैन । उनको तलब पनि महँगो भएका कारण अनुबन्ध गर्न कठिन भएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार