टावरको क्षमताभन्दा सिम बढी वितरण


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, मंसिर २३, २०७७

  • सिमकोट, २३ मङ्सिर । हुम्लाको सदरमुकाम सिमकोटमा एक हप्तादेखि नेपाल टेलिकमको टेलिफोन सेवामा समस्या आएको छ । मोबाइलमा नेटवर्क देखाए तापनि पाँच,छ पटक डायल गरेपछि बल्ल घण्टी जाने गरेको, आवाज नसुनिने गरेको र कुराकानी गर्दागर्दै सम्पर्क विच्छेद हुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको छ । स्थानीयवासी राजबहादुर भण्डारीले भन्नुभयो, “मोबाइलमा कुरा गर्दा आवाज स्पष्ट सुनिँदैन ।

    सुनिएपनि बुझिँदैन । बिहान र बेलुका नेटवर्कले केही काम गरे पनि दिउँसो बढी समस्या देखिएको छ ।” नेटवर्कमा आएको समस्या समाधान गर्न पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले जानकारी दिनुभयो । अहिले मोबाइल नेटवर्कमा खराबी आएपछि काम गर्न सास्ती भएको छ । टेलिकमका प्रमुख शिव भट्टराईले जुम्ला र कालीकोट जिल्लामा रहेका रिपिटर टावरमा आएको खराबीले गर्दा भएको समस्या आएको र समाधान गर्न काम भइरहेको जानकारी दिनुभयो ।

    टावरको क्षमता कम र सिम बढी वितरण भएको हुँदा पनि यस किसिमको समस्या देखिएको उहाँकोे भनाइ छ । हुम्लामा टेलिकमको मात्र नभई निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेलको सेवामा पनि समस्या रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार