डार्क वेबसाइटमा भारत सरकारका डेटा सार्वजनिक


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, माघ १७, २०७६

  • डार्क वेबसाइटमा भारत सरकारका विभिन्न मन्त्रालयका ३००० भन्दा डेटा सार्वजनिक भएको छ । साइबर सेक्युटिी रिसर्चर्सले भाभा परमाणु अनुसन्धान केन्द्र र भारतको सूचना मन्त्रालय समेत ११ विभागका इमेडल आइडी डार्क वेबमा उपलब्ध रहेको जनाएको छ ।

    आईआईटी गुहाटीका पूर्व छात्र र साइबर सेक्युरिटी स्टार्टअप ह्याकरहरूका संस्थापक साई कृष्णा कोथपल्लीले यो डेटा चुहाएको दाबी गरेका छन् ।
    डार्क वेब साइटमा यो डेटा टेक्स्ट फरमेटमा उपलब्ध छ । यसलाई हटाउन कुनै बाटो नभएको पनि दाबी गरिएको छ । उनले यो डेटा प्राप्त भएको स्रोत खुलाउन नहुने बताए । उनका अनुसार अधिकांश डेटा इन्दिरा गान्धी परमाणु अनुसन्धान केन्द्रबाट लीक भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार