डिसहोममा डिलर दाइको डिस्काउन्ट


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, माघ २७, २०७६

  • काठमाडौं । डिसहोमले ग्राहकलाई अझै बढी सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले ‘डिसहोममा डिलर दाइको डिस्काउन्ट’ नामक अफर ल्याएको छ ।  यो योजनाअनुसार डिसहोमका डिलरमार्फत फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गरेबापत एड–अन प्याकेजसहित साप्ताहितक लक्की ड्रमा भाग लिने अवसर प्राप्त हुनेछ । साथै हप्तामा २ जना भाग्यशाली ग्राहकले प्रति व्यक्ति एक लाख रुपैयाँ नगद उपहार जित्नेछन् ।

    साप्ताहिक लक्की ड्र कार्यक्रम माघ २७ गतेदेखिबाट वार्षिक रिचार्ज गर्ने ग्राहकको लागि मात्र लागू हुनेछ । लक्की ड्र फागुन २ गतेबाट डिसहोमको सोकेस च्यानल नम्बर १०० मा प्रत्येक शुक्रबार बेलुकी ५ बजे प्रत्यक्ष प्रसारण गरिनेछ ।

    प्रत्येक हप्ताको शुत्रबारदेखि बिहीबारसम्म वार्षिक रिचार्ज गर्नु हुने ग्राहकलाई आउने शुत्रबारको लक्की ड्र मा समावेश गरिनेछ । फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकलाई मात्र साप्ताहिक लक्की ड्र मा समावेश गरिनेछ ।

    समावेश भएका ग्राहकको डिस होम सेट–टप बक्सको सीएएस आइडीको आधारमाविजेताको घोषणा गरिनेछ । विजेताको घोषणा डिजिटल प्रणालीबाट गरिनेछ । नेपालभरि रहेका जुनसुकै डिसहोमका डिलरमार्फत ग्राहकले फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गरी यो योजनामा सहभागिता जनाउन सक्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार