तिम्रै हुन पाउँ…(कविता)


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, भदौ २०, २०७७

  • अनिशा न्यौपाने

    मलाई तिम्रै यादले सताउँछ
    कहिल्यै नभुलौं झैँ लाग्छ..
    तिम्रै अंगालोमा बेरिने रहर छ…
    माया अझैँ प्रगाढ बनाउनु छ..

    साथ हाम्रो हजारौं जुनिलाइ होस्
    दु:ख कहिल्यै देख्न नपरोस्…
    हरक्षण तिमीसँगै हुन पाउँ…
    हजारौं जन्म तिम्रै हुन पाउँ…

    टाढा हुने कहिल्यै प्रयास नगर्नु…
    अधुरो अनि अपुरो कहिल्यै नपार्नु…
    रातो सिन्दुरले मेरो सिउँदो रंग्याउँनु….
    जीवनका हरेक पल मैसँग सजाउनु.

    प्रतिक्रिया
    सम्बन्धित समाचार