थप एक साता लकडाउन गर्न सिफारिस


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, चैत्र १६, २०७६

  • काठमाडौं, चैत १६ । कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले थप एक हप्ता लकडाउन बढाउन सरकारलाई सिफारिस गरेको छ । सरकारले यो सिफारिस अनुमोदन गरे चैत २५ गतेसम्मका लकडाउन हुनेछ ।

    समितिको आइतबार बसेको बैठकले थप ७ दिनसम्म लकडाउन बढाउन सरकारलाई सिफारिस गरेको हो । मन्त्रिपरिषद् बैठकले उक्त सिफारिसलाई अनुमोदन गर्नेछ ।

    चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभर लकडाउन गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार