थप एक हजार २४ जनामा कोरोना, १० को निधन


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, मंसिर २०, २०७७

  • काठमाडौँ, २० मङ्सिर । पछिल्लो २४ घण्टामा छ हजार ७४ नमूना परीक्षण गर्दा थप एक हजार २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि हुनेमा ६२२ पुरुष र ४०२ महिला छन् । आजसम्म कूल सङ्क्रमित दुई लाख ३९ हजार ८८५ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारीअनुसार यस अवधिमा दुई हजार २०६ जना कोरोनामुक्त भएका छन् ।

    यससहित कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख २४ हजार ५३ पुगेको छ । कोरोना सङ्क्रमणबाट थप १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ५७७ पुगेको छ । हाल देशभर १४ हजार २५५ सक्रिय सङ्क्रमित रहेको पनि मन्त्रालयले जनाएको छ । त्यसमध्ये ४५ जना भेन्टिलेटर, ३१२ जना आइसीयू र नौ हजार २६३ जना घरमै एकान्तवासमा छन् । काठमाडौं उपत्यकामा ४६० सङ्क्रमित थपिएका छन् ।

    जसमध्ये काठमाडौँका ३४९, ललितपुरका ६५ र भक्तपुरका १८ जना छन् । नुवाकोटका ४६, कास्कीका ४५, रुपन्देहीका ४१, झापाका ३९, अछामका ३५, कैलालीका ३३, काभ्रेपलाञ्चोकका २९, सुनसरीका २८, बाँकेका २०, धनुषाका १८, कञ्चनपुरका १७, पर्सा, मकवानपुर र लमजुङका १५/१५, सिन्धुली र बाग्लुङका १४/१४, चितवन, कपिलवस्तु, दाङ र बझाङका ११/११, तनहुँ र बर्दियाका नौ/नौ, धादिङका आठ, दोलखाका सात र इलामका छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

     

    यसैगरी नवलपरासी र पाल्पाका पाँच/पाँच, मोरङ, सोलखुम्बु, सिराहा, स्याङ्जा, जुम्ला, डडेलधुराका चार/चार, सर्लाही, दैलेख, दार्चुला र बैतडीका तीन/तीन, ताप्लेजुङ, बारा, महोत्तरी, रौतहट, सप्तरी, सिन्धुपाल्चोक, नवलपुर, पर्वत, म्याग्दी, प्युठान, रोल्पा र डोटीका दुई/दुई तथा उदयपुर, ओखलढुङ्गा, खोटाङ, अर्घाखाँची र गुल्मीका एक/एक जनामा सङ्क्रमण देखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार