‘दंगल’ की जायराले त्यागिन् बलिउड


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, असार १८, २०७६

  • काठमाडौं । असार १८ । २०१९मा भारतीय चलचित्रकी अभिनेत्री जायरा वसिमले सामाजिक सञ्जाल मार्फत बलिउड र चलचित्र क्षेत्र छोड्ने जानकारी दिइएकी थिइन् । उनले चलचित्रका कारण आफ्नो धर्मबाट आफू टाढिन थालेको खुलासा गरेकी थिइन् ।

    यसैलाई आधारमा मानेर एक हिन्दू स्वामी चक्रपाणिले बलिउडका सबै अभिनेत्रीहरुलाई निसानामा पारेका छन् । अखिल भारतीय हिन्दू महासभाका अध्यक्ष स्वामी चक्रपाणि ट्वीटमा लेख्छन्र्– धार्मिक आस्थाका लागि फिल्म अभिनेत्री जायराद्वारा फिल्म छोड्ने निर्णय प्रशंंसायोग्य छ, हिन्दू अभिनेत्रीहरुले पनि जायराबाट प्रेरण लिनु पर्छ ।’

    अभिनेत्री जायराले आईतवार सामजिक सञ्जालमा ६ पानाको स्टेटस् शेयर गर्दै बलिउड छोड्ने घोषणा गरेकी थिइन् । जायराले अहिलेसम्म तीनवटा चलचित्रमा अभिनय गरिसकेकी छिन् । पाँच वर्षको अवधिमा उनले दंगल, सीक्रेट सुपरस्टार र द स्काई इज पिंक जस्ता चलचित्रमा काम गरेकी छन् ।

    जायराले लेखेकी थिइन्–’पाँच वर्ष पहिले मैले एउटा निर्णय गरेकी थिएँ, जुन निर्णयले मेरो पुरै जीवन नै परिवर्तन गरिदियो । जतीजती मैले बलिउडमा आफ्नो पाइला अगाडि राख्दै गएँ, त्यतित्यति नै मेरो लागि सफलताको ढोका खुल्दै गयो । यो क्षेत्रमा मैले हौसला र माया पाएँ । तर यसले मलाई अज्ञानताको बाटो तर्फ डोर्यायो, किनभने मैले अनजानमै आफ्नो विश्वास भन्दा बाहिर गएर परिवर्तनलाई अँगालें । मैले निरन्तर त्यस्तो वातावरणमा काम गरिरहे जहाँ मेरो विश्वासलाई हस्तक्षेप गरिन्थ्यो । यसबाट मेरो धर्मलाई ठूलो खतरा थियो । मैले आफ्नो जीवनको सबै सार्थकता नै विर्सिन थालें । आफ्नो विश्वासलाई यथावत् राख्नका लागि निरन्तर यसै कुरासँग म जुझीरहेकी हुन्थे । तर हरेक क्षण म विफल नै रहें । म जुन बाटोमा हिँड्न चाहन्छु, त्यसको लागि यो मैले चालेकोे पहिलो पाइला हो, यसमा म स्पष्ट पनि छु । यसै क्रममा मैले जानेर होस् या नजानेर धेरै मान्छेको मनमा लोभको बिउ छरेकी छु । तर सबैलाई म यही सल्लाह दिन चाहन्छु कि सफलता, प्रसिद्धि, अधिकार,वा धन आफ्नो विश्वास र आस्था भन्दा ठूलो कहिले पनि हुन सक्दैन ।’

     जायराको कदममा अभिनेत्री रविना टंडनले उनको विचार र सोचको आलोचना गरेकी छिन् । रविनाले ट्वीटमा लेख्दै भनेकी छिन्र्– केही फरक पर्दैन, जसले मुश्किलले दुईवटा चलचित्रमा काम गरेका छन्, यो क्षेत्रबाट उनीहरुले के के पाए भन्ने कुराको महशुस गर्दैनन् । आशा छ, उनीहरु शान्तिपूर्वक यस क्षेत्रबाट बाहिर जाउन्, र आफ्नो पुराना सोचलाई आफू मै सीमित राखुन् ।’ (दैनिक भाष्करबाट अनुदित)

    प्रतिक्रिया
    सम्बन्धित समाचार