दर्शक नहुँदा फ्यानसँगको ‘हाई फाइभ’ मिस गरे रोनाल्डोले


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, फाल्गुन २६, २०७६

  • कोरोना भाइरस (कोभिड १९) ले गर्दा अहिले विश्व खेलकुद प्रभावित बनेको छ । चीनबाट फैलिएको कोरोना अहिले विश्वको १०० भन्दा बढी देशमा पुगेको छ । कोरोना भाइरसकै कारण इटलीमा फुटबल खेलहरु क्लोज डोर्स (दर्शक बिनै) खेलाउन थालिएको छ ।

    जसको असर फ्यान र खेलाडीमा परेको छ । आइतवार राति युभेन्ट्स र इन्टर मिलान बीचको खेल खाली मैदानमा भयो । जहाँ दर्शकको उपस्थिति थिएन । कोरोना संक्रमणको कारण सरकारले नै ३ अप्रिलसम्म खेलहरु दर्शकबिनै खेलाउन निर्देशन दिएको छ ।

    यसको असर रोनाल्डोमा पनि देखियो । उनले मैदान जानुअघि प्यानसंग हाई फाइभ मिस गरे । दर्शक नभए पनि उनले हाई फाइभ गरेको बहाना गरे । टिम बसबाट बाहिर निस्केपछि फ्यान नभए पनि उनले यसो गरेका हुन् । युभेन्ट्सको घरेलु मैदान टुरिनस्थित एलिएन्ज स्टेडियममा भएको खेलमा युभेन्ट्सले इन्टर मिलानलाई २-० ले हरायो । तर त्यहाँ फ्यान थिएनन् ।

    यस्तै रोनाल्डोले उक्त खेलमा गोलसमेत गर्न सकेनन् । उनले लगातार ११ खेलपछि गोल गर्न नसकेका हुन् । इन्टर मिलानका अध्यक्ष स्टेभेन झाङले क्लोज डोर्समा खेल्ने अभियानको समर्थन गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार