दश दलित परिवारलाई राहत


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, भदौ २९, २०७७

  • काठमाडौँ, २८ भदौ । आर्थिक रुपमा विपन्न दलित परिवारलाई बूढानीलकण्ठ स्कुलमा अध्ययनरत एक विद्यार्थीले राहत वितरण गरेका छन् । कक्षा ९ मा अध्ययनरत विपिन तिमिल्सिनाले नुवाकोटबाट विस्थापित भई काठमाडौँ आएका र आर्थिक अवस्था कमजोर भएका १० दलित परिवारलाई राहत उपलब्ध गराएका हुन् ।

    तिमिल्सिनाले नुवाकोट क्षेत्र नम्वर १ का सांसद हितबहादुर तामाङको सिफारिसमा आफ्ना आफन्तहरुबाट पैसा उठाएर ती परिवारलाई दाल, चामल, तेल, नुनलगायत खाद्य सामग्री वितरण गरेका हुन् । पुख्र्यौली आरन पेशाबाट जिविकोपार्जन नभएपछि रोजगारीको खोजीमा काठमाडौँ आएका र कोभिडका कारण रोजगारी नपाएपछि टोखामा छाप्रो हालेर बसेका उनीहरुलाई राहत प्रदान गरिएको हो । सुमित्रा, अनिल, समिर र विमला विकका समान तीनरतीन, तिलक विकका ४ जना परिवार तथा धनमाया विकका २ जनासहित १० परिवारलाई राहत सामग्री वितरण गरिएको हो ।

    आफूले प्रति परिवारलाई दुईरदुई महिना पुग्ने गरी खाद्य सामग्री उपलब्ध गराएको तिमिल्सिनाले जानकारी दिए । राहत सामग्री उपलब्ध गराईएका दलितका छोराछोरीको पठनपाठनका लागि उहाँले स्टेशनरी सामग्री पनि उपलब्ध गराउने जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार