दिदी बहिनीले लगातार ४१ घण्टा ५ मिनेट नाचेरै राखे विश्व रेकर्ड


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, अशोज २३, २०७७

  • रमिला बस्नेत, काठमाडौं । निरन्तर ४१ घण्टा ५ मिनेट कपल डान्स (जोडी नाच) गर्ने काठमाडौंका दिदी बहिनीलाई बिहीवार एक कार्यक्रमबीच कीर्तिमानी प्रमाणपत्र र मेडल हस्तान्तरण गरिएको छ । विश्व कीर्तिमानी कायम गर्ने कलंकीका एलिसा श्रेष्ठ र रुबीसा श्रेष्ठलाई वर्ल्ड रेकर्ड फाउन्डेसन नेपालले उनीहरूले गरेको कामको उच्च सम्मान गर्दै प्रमाणपत्र मेडल सहित सम्मान गरेको हो ।

    उनीहरूलाई लामो समय देखिन गिनिज बुकमा नाम लेखाउन सहयोग गर्दै आएका शर्मिला श्रेष्ठ, समाजसेवी सुवास लिम्बूले प्रमाणपत्र मेडल सहित सम्मान गर्नुभएको हो ।
    नेपाली कलालाई विश्व सामु पुर्‍याउन नेपाली चेलीले गरेको योगदानको कदर गर्दै उक्त सम्मान गरिएको वर्ल्ड रेकर्ड फाउन्डेसनका अध्यक्ष चित्रकुमार कार्कीले बताउनुभयो ।आगामी दिनमा पैसाको अभावले कसैको कला मर्न नदिन फाउण्डेसन दत्तचित्त भएर लाग्ने कार्कीले बताउनुभयो । प्रमाणपत्र वितरण कार्यक्रम वर्ल्ड रेकर्ड फाउन्डेसनको सभाहलमा सम्पन्न भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार