धादिङको बेनीघाटका २७ जनामा दादुरा संक्रमण


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, फाल्गुन १३, २०७६

  • सारकारले सन् २०२३ भित्र दादुरा रोग उन्मूलन गर्ने लक्ष्य लिएको छ । तर, वर्षको सुरुवातमै धादिङको बेनीघाटमा २७ जनामा दादुरा संक्रमण देखिएको छ । बेनीघाटस्थित चेपाङ बस्तीका २७ जनामा एकैपटक संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखा प्रमुख डा। झलक शर्मा गौतमका अनुसार नमुना परीक्षणका क्रममा उनीहरूमा दादुरा पोजेटिभ देखिएको हो ।

    सो ठाउँका मानिसको ढाड, पिठिउँ, अनुहारमा स–साना राता दाना देखापरेको थियो । साथै, टाउको, जिब्रो, नाकको प्वाल, कानको भित्री भाग, आँखा हुँदै पूरै शरीरमा दाना फैलिन थालेपछि उनीहरूमा दादुराको आशंका गरिएको थियो ।

    बिरामीको नमुना परीक्षणका लागि आइतबार साँझ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु ल्याइएको थियो । गम्भीर बिरामी परेका तीनजनामध्ये दुईजनालाई कान्ति बाल अस्पताल र एकजनालाई स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ । डा। गौतमका अनुसार ६ महिनादेखि १५ वर्ष उमेर समूहमा दादुरा संक्रमण देखिएको छ ।

    सरकारी टोली प्रभावित क्षेत्रमा पुगेर अध्ययन गर्दा त्यहाँका बालबालिकाले पाउनुपर्ने ११ प्रकारका खोप नियमित नलिएको देखिएको छ । ‘नियमित खोप नलिएको खण्डमा जुनसुकै उमेरमा पनि दादुरा देखिन सक्छ, ’ डा। गौतमले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार