नगर प्रमुख खरेल कोरोनामुक्त


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, अशोज २८, २०७७

  • बूढानीलकण्ठ, २८ असोज । बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेल कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । कोरोना सङ्क्रमण भएपछि उहाँ सेल्फ होम आइशोलेशन बसेका थिए । सङ्क्रमणको कुनै पनि लक्षण नदेखिएकै कारण पनि रोगबाट मुक्त हुन सफल भएको प्रमुख खरेलले बताए ।

    आफ्ना सवारी चालकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि कन्याक्ट ट्रेसिङमा पर्नुभएका खरेलमा समेत सङ्क्रमण पुष्टि भएको थियो । कोरोनामुक्त भएसँगै आजदेखि कार्यालयका काममा फर्किने उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार