नमुना जोडीले बनाएको नमुना बस्ति


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, मंसिर ३, २०७४

  • गत कात्र्तिक १२ गते धुर्मुस र सुन्तलीका लागी जीवनमा सबैभन्दा खुसीको दिन रह्यो । त्यस दिन उनीहरुले सोचेको सपना पूरा भयो । जून सपना पूरा गर्न यो जोडीले आफ्नो घर नै बेचेका थिए । धुर्मुस–सुन्तली फाउन्डेसन मार्फत उनीहरुले यो काम अघि बढाएका हुन् ।
    सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ८ स्थित गिरानचौरको तामाङ बस्तिमा भूकम्पले ठूलो क्षति पुर्‍याएको थियो । यहाँका बासिन्दाहरु लामो समय पालमा बस्न बाध्य भए । तिनै दुख पाएका नागरिकहरुलाई बस्ने बासका धुर्मुस र सुन्तलीको जोडीले कल्पना गरेको एउटा सुन्दर बस्तिको निमार्ण भयो । जहाँ ३० रोपनि क्षेत्रफलको जग्गामा ६५ घरहरु, ५ वटा चिल्ड्रेन पार्क, एउटा खेलकुद मैदान सहितको नमुना बस्ति निमार्ण गर्न सफल भएका छन् ।

    राष्ट्र पुन निमार्णमा जुटौं भन्ने नारा दिएर ‘गिरान्चौर एकिकृत नमुना बस्ती पुननिमार्ण तथा पर्यटन प्रवद्र्धन परियोजना’ नाम दिएर यहा काम सूरु गरिएको थियो । मेलम्ची नगरपालिका, राष्ट्रिय पुन निमार्ण प्राधिकरण, भबन बिभागसंग समन्वय गरी गिरानचौरमा नमुना बस्तिको निमार्ण कार्य थालनि गरिएको हो । सीताराम कट्टेल ‘धुर्मुस’ ले भूकम्प आएको केही समयमै काभ्रेको पाँचखालमा एकीकृत बस्ती निर्माण गरेका थिए । उनले ६७ लाख ३७ हजार रुपैंयाँको लागतमा ७० दिनभित्र निर्माण सम्पन्न गरेको सो बस्तीमा २० घरहरु छन् । यहा पिछडिएका पहरी जातीको बस्ति थियो । नमुना बस्तिका लागी २०७३ बैशाख १२ गते शिलान्यास गरिए पनि सम्पूर्ण बस्ति निमार्ण कार्य जेठ ९ गते सूरु भएको थियो ।

    धुर्मुस र सुन्तलीले काभ्रेको डाँडागाउमा एकिकृत बस्ति हस्तान्तरण गर्दै गर्दा अझ त्यो भन्दा ठूलो नमुना बस्ति बनाउने सपना थियो । ग्रिन सिटी, क्लीन सिटी अबधारणा सहितको त्यो नमुना बस्ति बनाउन एक वर्ष लाग्यो । सरकारले तोकेको सबै मापदण्ड पूरा गरेर, स्थानीय स्रोत–साधनलाई बढीभन्दा बढी प्रयोग गरेर बस्ती निर्माण गरेका हुन् । यस गाउलाई पर्यटकिय गन्तब्यका रुपमा विकास गर्न सकिने उनको विश्वास छ । ‘भविष्यमा पर्यटकिय सम्भाबना देखेर मैले यो क्षेत्र छनौट गरेको हुँ ।’ उनले भने ।

    ‘नेताहरुले भाषण गरे, हामी नेपाललाई सिंगापुर बनाउछौं, स्वीट्जरल्याण्ड बनाउछौं भने ।’ सीताराम भन्छन्, ‘तर कसरी बनाउने त्यो आइडिया हामीसंग छ ।’ सिन्धुपाल्चोकका जिबिसका लेखा अधिकृत अनिरुद्ध नेपाल, मेलम्चि नगरपालिकाका कार्यकारी अधिकृत पूर्णप्रसाद दुलाल मार्फत गिरानचौरसम्म पुगेका थिए । बालमैत्री, वातावरण, अपांगमैत्री, भूकम्पमैत्री, पहिरोमैत्री बस्ति बनाउन सफल भए । देश बनाउन जातीय कुरा गर्नुपर्दैन । गरिब, दुखीका लागीका लागी काम गर्छु पनि भन्नु पर्दैन । ‘डाँडाकाडा छरिएर रहेका बस्तीलाई एकीकृत गरेर बस्ती निर्माण कार्यमा जुट्ने हो भने देश विकासका लागि धेरै समय लाग्दैन । कुन्जना घिमिरे ‘सुन्तली’ ले भनिन्, ‘भुँइचालोले यो ठूलो अवसर दिएको कुरा बताए ।’

    हास्यकलाकार जोडी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले गत वैशाख १२ गतेबाट यस बस्ती पुनर्निर्माण कार्य अघि बढाएका थिए । काम सूरु गरेको ६ महिनामै बस्तीको पुनर्निमाण सम्पन्न भयो । बस्ती निर्माणमा पाँच करोड रुपैयाँभन्दा बढी खर्च भएको छ । तर यो काम सूरु गर्दा उनीहरुको खातामा जम्मा १ लाख ७४ हजार रुपैंया मात्र थियो ।

    आफ्नो घर बेचेर धुर्मुस र सुन्तलीले भूकम्प प्रभाबितहरुलाई सहयोग गर्ने इच्छा राखे । त्यसैबेला यो जोडीमा आबास निमार्ण गर्ने विचार आयो । पछि सहयोग संकलनका लागि धुर्मुस–सुन्तलीले सामाजिक सञ्जालमार्फत अभियान चलाएका थिए । देश तथा विदेशमा छरिएर रहेका नेपालीहरुबाट संकलित रकमबाट गिरानचौर बस्ती निर्माण गर्न सम्भव भएको हो । करिब पाँच हजार भन्दाबढी व्यक्ति तथा संस्थाले बस्ती निर्माणका लागि आर्थिक सहयोग गरेका थिए । यस बस्तीमा एउटा सामुदायिक भवनसहित ६७ वटा घर रहेका छन् । बस्ती बालमैत्री, अपांगमैत्री र वातावरण मैत्रीको अवधारणामा बनाइएको धुर्मुसले बताए । बस्तीमा सोलारजडित दुई तल्ले घर, चिल्ड्रेन पार्क, सार्वजनिक धारा, शौचालय र फलफूल बगैंचाको व्यवस्था छ । एक कार्यक्रममा राष्ट्रपति विद्यादेवि भण्डारीले बस्तीको साचो गिरानचौर बस्ती ब्यबस्थापक रामबहादुर तामाङलाई हस्तान्तरण गरिन् ।

    सीताराम कट्टेल सोलुखुम्बुको नेचा, बेदगारीमा ३३ वर्ष अघि जन्मिएका हुन् । बोगराज कट्टेल र कमला कट्टेलको कोखबाट जेठा सन्तानका रुपमा जन्मिएका सीताराम ‘धुर्मुस’ नामले परिचित छन् । उनी ८ वर्षको छँदा उनको परिवार सोलुखुम्बुबाट बसाइ सराई गरेर झापा झरेको थियो । झापाको गौरादहबाट उनले माध्यमिक तहको पढाइ पूरा गरेका थिए । निम्न आय भएको परिवारमा जन्मिएका उनी बाल्यकालदेखी आर्थिक अभाब झेले । कापी, कलम किन्न उनी अर्काको हलो जोत्ने, अरुको स्केच बनाउने गर्थे । १७ सय रुपैंयाँ खल्तिमा बोकेर राजधानी आएर रत्नराज्य लक्ष्मी कलेजमा अध्ययन गर्न उनलाई कठिन थियो । साथीहरुलाई जोक्स सुनाएर, अरुको क्यारिकेचर गरेर उनले थुप्रै छाक टारे ।

     

    तर गतिलो अबसर पाएनन् । काठमाडौदेखी हार मानेका उनी फेरी झापा फर्किए । फेरी चुनौती स्वीकार्न उनी काठमाडौं नै फर्किए । औपचारिक रुपमा जितु नेपालले हास्य कलाकारितामा उनलाई प्रबेश गराए । ‘गितान्जली’ टेलि फिल्म अभिनय गर्दा गर्दै केदार घिमिरे ‘माग्ने बुढा’ संग उनको भेट भयो । सीताराम र ‘माग्ने बुढा’ यि दुइ जनाको जोडी खुब जम्यो । ‘गितान्जली’ टेलि फिल्ममा अभिनय गर्दागर्दै उनको भेट कलाकार दिपकराज गिरीसंग भयो । दिपकराजको तीतो सत्य मा उनले १४ भागसम्म अभिनय गरे । पछि माग्ने बुढासंग मिलेर सीतारामले मेरी बास्सै हास्य टेलिशृंखला बनाए । त्यही बेला उनको चर्चा बढ्न थाल्यो । अब सीताराम भन्दा धुर्मुसका नामले बढी परिचित भए ।

     

    ललितपुरमा जन्मिएकी कुन्जना घिमिरेले हास्य टेलि श्रृंखला मेरी बास्सै मा अभिनय गर्दा सीतारामलाई भेटेकी थिईन् । यसै टेलि श्रृंखलामा अभिनय गर्दागर्दै दुबै जना प्रेममा परे । सीतारामले प्रेम प्रस्ताब राखेको तीन वर्ष मात्र कुन्जनाले प्रस्ताब स्वीकारेकी थिइन् । लामो समयसम्म प्रेम सम्बन्धमा परेपछी उनीहरु ८ वर्षअघि उनीहरु बिबाह बन्धनमा बाँधिएका थिए । उनीहरुको कोखबाट एक छोरी जन्मिएकी छिन् । यो स्थान सम्म आईपुग्न दुबै जनाले एक अर्काको भरपुर साथ छ । भूकम्प प्रभाबितहरुका लागी बस्ति निमार्ण बाहेक यो जोडी बिभिन्न सामाजिक सेवाका क्रियाकलापमा संलग्न छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार