नम्रता श्रेष्ठ बनिन् ‘मिस नेपाल वर्ल्ड २०२०’


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, मंसिर २०, २०७७

  • काठमाडौं, २० मंसिर । ‘मिस नेपाल वल्र्ड २०२०’ को उपाधि नम्रता श्रेष्ठले जितेकी छिन् । शनिबार होटल पार्क भिलेजमा भएको कार्यक्रममा २० प्रतिस्पर्धीलाई पछि पार्दै नम्रताले ‘मिस नेपाल वल्र्ड २०२०’ को ताज हात पारेकी हुन् । उनलाई ‘मिस नेपाल २०१९’ अनुष्का श्रेष्ठले क्राउन पहिराइदिएकी थिइन्। उनले नगद २ लाख ५ हजार रुपैयाँ प्राप्त गरेकी छिन्।

    दोस्रो पटक मिस नेपालमा सहभागी भएकी काठमाडौंकी १९ वर्षीय नम्रता पेशाले किन्डरगार्डेन शिक्षक हुन् । आयोजकले कल्पना गर्नुहोस्, ‘तपाईं सानो ढुङ्गा हो, जो पोखरीमा ढुङ्गा खसेपछि सुन्दर तरङ्ग फैलाउँछ, तपाईं नेपाली महिलाको जीवनमा लामो समयसम्म तरङ्ग फैलाउन चाहनहुन्छ ?’ भन्ने प्रश्नमा उहााले नेपाली महिला सकारात्मक सोचका साथ अगाडि बढाउने हो भने संसार जित्न चाहन्छन् भन्ने जवाफ दिएकी थिईन् ।

    मिस नेपाल श्रेष्ठले नगद दुई लाख ५० हजारसहित कार्यालय प्रयोजनका लागि गाडीसमेत प्राप्त गरेकी छिन् । मिस नेपाल श्रेष्ठ चीनमा हुने मिस वल्र्ड प्रतियोगितामा नेपालको तर्फबाट सहभागी हुनेछिन् । प्रतियोगितामा मिस नेपाल अर्थ काठमाडौंकी २४ वर्षीया सुप्रिया श्रेष्ठ, मिस नेपाल इन्टरनेशनल महोत्तरीकी २४ वर्षीया सन्ध्या शर्मा र मिस सुपरनेशनल काठमाडौंकी २४ वर्षीया सिमल कनौजियाले पाएकी छिन् । विजेता तीनै जनाले नगद रु दुई लाख ५० हजार रुपैंयाँ प्राप्त गरेका छन् ।

    यस्तै प्रतियोगितामा मिस टुरिज्मको उपाधि रिया श्रेष्ठ, मिस फिटनेस सुभाङ्गी खत्री, मिस फोटोजेनेटिक आस्टिका श्रेष्ठ, मिस हेल्दी निहा सरकारलगायत ११ प्रकारका उपाधिसमेत दिइएको थियो । ती पुरस्कारको राशि रु २५ हजार रुपैंयाँ रहेको छ ।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार