नयाँ सिजनको पहिलो ‘एल क्लासिको’ बार्सिलोनाको मैदानमा


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, असार २०, २०७६

  • काठमाडौं । असार २० ।  स्पेनिस ला लिगा फुटबल अन्तर्गत नयाँ सिजनको खेल तालिका सार्वजनिक भएको छ । ला लिगाले सार्वजनिक गरेको नयाँ सिजन सन् २०१९–२० को खेल तालिका अनुसार पहिलो खेल अगस्ट १८ तारिखमा पहिलो खेल हुनेछ ।

    ला लिगाको पहिलो खेलमा भ्यालेन्सिया र रियल सोसिडाडले प्रतिस्पर्धा गर्र्नेछन् । त्यस्तै सिजनको पहिलो ‘एल क्लासिको’ अर्थात् रियल मड्रिड र बार्सिलोनाबीचको खेल अक्टोबर १७ मा हुनेछ भने दोस्रो ‘एल क्लासिको’ मे १ मा हुनेछ । पहिलो ‘एल क्लासिको’ बार्सिलोनाको घरेलु मैदानमा हुनेछ ।

    सिजनको पहिलो दिन १ खेल हुनेछ । अघिल्लो सिजनको च्याम्पियन बार्सिलोनाले आफ्नो पहिलो खेलमा एट्लेटिक बिल्बाओसँग प्रतिस्पर्धा गर्दैछ । खेल बार्सिलोनाको घरेलु मैदानमा हुनेछ ।

    त्यस्तै सर्वाधिक च्याम्पियन रियल मड्रिडले पहिलो खेलमा सेल्टा भिगोसँग प्रतिस्पर्धा गर्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार