नवनियुक्त भारतीय राजदूत क्वात्रा आज नेपाल आउँदै


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, फाल्गुन १८, २०७६

  • काठमाडौं । १८ फागुन । नेपालका लागी भारतका नवनियुक्त राजदूत विनयमोहन क्वात्रा आफ्नो कार्यभार सम्हाल्न आइतबार नेपाल आउँदैछन् । ५८ वर्षिय क्वात्रा यसअघि फ्रान्सका लागी भारतीय राजदूतको जिम्मेवारी सम्हालिरहेका थिए । सन् २०१७ को अगस्टदेखी फ्रान्सका लागी भारतीय राजदूतको जिम्मेवारी वहन गरेका क्वात्रा सन् १९८८ मा भारतको परराष्ट्र सेवामा प्रबेश गरेका थिए ।

    फ्रान्सबाट फर्किएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले क्वात्रालाई नेपालका लागी राजदूतका नियुक्त गरेका हुन् । उनले जेनेभाको ग्रयाजुयट स्कुल अफ इन्टरनेश्नल स्टडिजबाट अन्तर्राष्ट्रिय सम्बन्धमा डिप्लोमा गरेका छन् । फ्रेन्च भाषा पनि बोल्न सक्ने कुटनीतिक सेवाका क्रममा उनी चीन, क्यानाडा, अमेरिका, दक्षिण अफ्रिका र उज्वेकिस्तान पनि बसेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार