नाका खुलाउन दबाब दिँदै हस्ताक्षर सङ्कलन


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, मंसिर २८, २०७७

  • झापा, २८ मङ्सिर । पूर्वी नाका खुलाउन दबाब दिँदै काँकडभिट्टामा आज एक हजार बढीले हस्ताक्षर सङ्कलन गरेका छन् । होटल व्यवसायी सङ्घ मेचीनगर र ट्राभल सङ्घ झापाको अगुवाइमा बसपार्कमा गरिएको हस्ताक्षर सङ्कलन अभियानमा एक हजार बढीले हस्ताक्षर गरेका हुन् । सङ्घीय सांसद राम कार्कीमार्फत सरकारलाई सो हस्ताक्षर पठाइने तयारी रहेको होटल व्यवसायी सङ्घका अध्यक्ष राम तामाङले बताउनुभयो ।

    नाका बन्द हुँदा सीमा क्षेत्रका व्यवसाय धरासायी बनेको भन्दै एक महिना अघिदेखि काँकडभिट्टाका व्यवसायी, सङ्घसंस्था र स्थानीयवासीले विरोध प्रदर्शन गर्दै आएका छन् । देशकै मुख्य नाकाका रुपमा रहेको पूर्वी नाका कोभिड–१९ का कारण १० महिनादेखि बन्द छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार