नेपालको फिफा वरियता यथावत


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, मंसिर २५, २०७७

  • काठमाडौँ, २५ मङ्सिर  नेपालको फुटबल बरियता यथावत रहेको छ । विश्व फुटबल महासङ्घ (फिफा) ले आज सार्वजनिक गरेको वरियताअनुसार नेपाल १७१औँ स्थानमा यथावत रहेको छ । नेपालले एक महिनायता कुनै पनि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेलेको छैन । बङ्गलादेशबाहेक अन्य दक्षिण एसियाका सबै देशको बरियता यथावत रहेको छ ।

    बङ्गलादेश फिफा बरियतामा दुई स्थान झरेको छ । गत साता बङ्गलादेश विश्वकप छनोटअन्तर्गत कतारसित पराजित भएको थियो । दक्षिण एसियाली देशमध्ये भारत १०४औं स्थानमा, माल्दिभ्स १५५, बङ्गलादेश १८६, भुटान १८९, पाकिस्तान २०० तथा श्रीलङ्का २०६औँ स्थानमा रहेको छ । फुटबलको विश्व बरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत छ ।

    फिफा बरियतामा फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ल्याण्ड चौथो, पोर्चुगल पाँचौ, स्पेन छैटौं, अर्जेन्टिना सातौँ, उरुग्वे आठौँ, मेक्सिको नवौँ तथा इटाली १०औँ स्थानमा रहेको छ ।

    रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट