नेपालमा कोरोनाको पाँचौ संक्रमण भेटियो


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, चैत्र १५, २०७६

  • काठमाडौं । १५ चैत । बाग्लुङकी एक युवतीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो नेपालमा कोरोना भाइरस संक्रमणको पाँचौ केस हो । उनी गत चैत ४ गते बेल्जियमबाट कतार एयरवेजको उडान नम्बर क्युआर ६५२ चढेर काठमाडौं आएकी थिइन् । स्वास्थ्य मन्त्रालयले भिडिओ पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिएको हो ।

    ज्वरो आएपछि धौलागिरि अञ्चल अस्पताल जचाउन गएकी उनलाई चिकित्सकले सामान्य ज्वरो आएको भन्दै घर फर्काइदिएका थिए । ति युवति चढेर आएको जहाजमा एकलाई कोरोना देखिएपछि त्यो फ्लाइटका सबैको नाम सार्वजनिक भएको थियो । बाग्लुङ नगरपालिकाका मेयर जनकराज पौडेलका अनुसार ति युवतिको घरमै गएर स्वाब संकलन गरिएको थियो ।

    बाग्लुङकी २२ वर्षीया युवतिलाई उपचारका लागी कहा लैजाने भनेर छलफल भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार