नेपाल कपडा तथा सिलाई व्यवसायी संघ भक्तपुरको दोस्रो साधारण सभा सम्पन्न


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, पुस २६, २०७७

  • काठमाण्डौँ,  २५ पुष  । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ भक्तपुरको दोस्रो साधारण सभा सम्पन्न भएको छ । शनिवार महासंघका अध्यक्ष राम कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

    संघका भक्तपुर अध्यक्ष लक्ष्मी बहादुर श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा महासंघका अध्यक्ष श्रेष्ठले भक्तपुर संघका टिमको कार्य सफलता र सम्पूर्ण व्यवसायीको सफलताको शुभकामना व्यक्त गरे । साथै, महासंघका सह कोषाध्यक्ष प्रेम महर्जन, महासंघका बागमती प्रदेश सचिव राज कार्की, काभ्रे, दोलखाका अध्यक्ष लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    संघका भक्तपुर अध्यक्ष लक्ष्मी बहादुर श्रेष्ठ,उपाध्यक्ष सुब रत्न बज्राचार्य,सचिव दीपक बासुकला,कोषाध्यक्ष सूर्य कुमार श्रेष्ठ लगाएतले संघको गतिविधि सहित प्रतिवेदन पेश गर्नुभएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार