नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्त


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, चैत्र ७, २०७५

  • काठमाडौं, चैत ७ । चलचित्र निर्माता तथा अभिनेता केशव भट्टराई नेपाल चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएका छन् । उनले भोली शुक्रबार आफ्नो कार्यभार ग्रहण गर्नेछन् । केशवले निर्माण गरेको चलचित्र यात्रा यसै चैत २२ गतेबाट प्रदर्शनमा आउदैछ । गत माघ २२ गते बोर्डको अध्यक्षबाट निकिता पौडेलले राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्माता तथा अभिनेता भट्टराईलाई बोर्डको अध्यक्ष नियुक्त गरेको हो । बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बास्कोटाले भट्टराईलाई बोर्डको अध्यक्ष नियुक्त गरेको जानकारी दिएका हुन् ।

    ‘आफूले पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने छु’, चलचित्र विकास बोर्डका अध्यक्ष नव नियुक्त भट्टराईले भने, ‘सबै फिल्मकर्मीको साथले बोर्ड अध्यक्षमा नियुक्त हुन सफल भए“ । फिल्म क्षेत्रको हितका लागी समर्पित हुनेछ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार