नेपाल पत्रकार महासंघ उदयपुरको साधारणसभा सम्पन्न


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, मंसिर २७, २०७७

  • चित्रकुमार कार्की
    काठमाडौं , मंसिर २७ । नेपाल पत्रकार महासंघ, उदयपुरको साधारणसभा सम्पन्न भएको छ । उदयपुरको गाइघाटस्थित चप्पन पिकनिक स्पटमा शनिबार साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला शाखाका पुर्वअध्यक्ष कौशल चेम्जोङ, महेश्वर चाम्लिङ, ईश्वर तामाङ, कुशलबाबु बस्नेत र श्याम राइलाई सम्मान गरिएको छ । यस्तै बिज्ञापन बोर्डका केन्द्रिय सदस्य बन्दना दनुवारलाई समेत सम्मान गरिएको छ ।

    कार्यक्रममा पत्रकार महासंघ केन्द्रका सदस्य उद्दब तिमल्सिनाले राजनैतिक दलको नेतारकार्यकर्ताले समेत मिडिया संचालन गर्ने र पत्रकारहरु समेत राजनैतिक दलको खोल ओढेर समाचार लेख्नाले पत्रकारिताको मर्म र भावनामा गम्भीर असर पुगेको बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघका प्रदेश नं १ का अध्यक्ष बिक्रम लुइँटेलले पत्रकार महासघंले पत्रकारिता क्षेत्रको बिकास र सुदृढीकरणका लागी पत्रकार महासंघले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले कोरोना महामारीको समयमा पत्रकार महासंघ, उदयपुरले खेलेको भुमिकाको प्रशंसा गर्नुभयो ।

    पत्रकार सेनानी कौशल चेम्जोङले पछिल्लो समय अनलाइन मिडिया र युट्युबरका कारण नेपाली पत्रकारिता बदनाम हुँदै गइरहेको बताउनुभयो । सस्तो लोकप्रियताका लागी पत्रकारिताको मर्यादा र आचारसंहिता भन्दा बाहिर रहेर समाचार सामाग्री प्रकाशन र प्रशारण गर्नाले जनमानसमा पत्रकारहरुप्रतिको बिश्वास घट्दै गएको उहाँको भनाइ थियो ।

    कार्यक्रममा प्रदेश पत्रकार महासंघका महासचिव बिबेक गौतम, जिल्ला शाखाका पुर्ब अध्यक्षहरु ईश्वर तामाङ, महेश्वर चाम्लिङ, कुशलबाबु बस्नेत, प्रेस संगठनका केन्द्रिय सदस्य यमन दनुवार, प्रेस युनियनका केन्द्रिय सदस्य नवीन राई लगायतले मन्तव्य राखेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार