नेपाल ल्याटिन डान्स फियस्टा–२०१९


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, चैत्र ७, २०७५

  • चैत ७, काठमाडौं । नेपालमा ३० देशका साल्सा डान्स इन्स्ट्रक्टरको जमघट हुने भएको छ । नेपालमा ल्याटिन डान्स फियस्टा दोस्रो पटक आयोजना हुन लागेको हो । ल्याटिन डान्समा रुचि हुनेहरूले यो कार्यक्रममा सहभागिता जनाउन सक्नेछन् ।

    संसारका धेरै देशबाट आएका साल्सा डान्स इन्स्ट्रक्टरले बचाता, किजोम्बा, ल्याटिन जाज र साल्साबारे आ–आफ्ना अनुभव साट्नेछन् । चैत २१ देखि २४ गतेसम्म सञ्चालन हुने यो कार्यक्रममा डान्सबारे ५० घण्टा वर्कसप, ४ वटा बुट क्याम्प, १ दिन पुल पार्टीको आयोजना हुनेछ । कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय डिजेहरूको पनि उपस्थिति रहनेछ । थप जानकारी फेसबुक पेज नेपाल ल्याटिन डान्स फियस्टाको पेजबाट लिन सकिन्छ । टिकट पहिले नै खरिद गर्दा सस्तोमा किन्न सकिन्छ ।

    आयोजक : नेपाल ल्याटिन डान्स फियस्टा

    स्थान : छाया कम्प्लेक्स, ठमेल

    प्रतिक्रिया
    सम्बन्धित समाचार