नोकिया २.३ स्मार्टफोन बजारमा


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, पुस १४, २०७६

  • विश्व प्रसिद्ध स्मार्टफोन कम्पनी नोकियाले आफ्नो क्षेत्र विस्तारका लागि टेलिटक प्रालिसँग साझेदारी गरेको छ । टेलिटक प्रालि नेपालमा विगत दशकदेखि विभिन्न ब्रान्डका मोबाइलहरु बिक्री तथा वितरण प्रवद्र्धनका लागि प्रख्यात रहेको भन्दै कम्पनीले नेपाली बजारमा नोकिया २.३ इन्ट्री लेभलको स्मार्टफोन ल्याएको जनाएको छ ।

    यसमा ६.२ एच डीं स्क्रिन, डुअल क्यामरा, दुई दिनसम्म टिक्ने ब्याट्री तथा प्रयोग गर्दा नौलो मनोरञ्जनात्मक अनुभूति दिने यसको विशेषता रहेको भन्दै कम्पनीले यसमा एआई टेक्नोलोजीद्वारा सञ्चालित डुअल क्यामरा रहेको जनाएको छ । जसमा ‘रेकमेन्डेड सट’ फिचर रहेको छ । यो मोबाइलको डुयल क्यमरामा पछाडि १३ मेगा पिक्सेल प्राइमरी सुटर र २ मेगा पिक्सेल डेपm्ट सेन्सर त्यस्तै गरी अगाडि ५ मेगा पिक्सेलको वाटर ड्रप नोच सेल्फी सुटर लेन्स जडान गरिएको भन्दै कम्पनीले यसको अन्तर्राष्ट्रिय मूल्य १०९ युरो रहेको तथा नेपालमा ११ हजार ९ सय ९९ रुपैयाँसम्म पर्ने जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार