पाँच क्यामेरासहितको सोनीले सोनी ५ प्लस सार्वजनिक गर्ने


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, माघ २२, २०७६

  • सोनीले आउँदो महिना बार्सिलोनामा हुने मोबाइल वर्ल्ड कंग्रेसमा ५ वटा क्यामेरा भएको सोनी ५ प्लस सार्वजनिक गर्ने भएको छ । सो इभेन्टमा कम्पनीले आफ्नो फ्ल्यागशिप स्मार्टफोन एक्सपेरिया ५ प्लस सार्वजनिक गर्न लागेको हो । यस स्मार्टफोनलाई एक्पेरिया १.१ नाम पनि दिईएको छ । एक जापानी पब्लिकेशनले यो स्मार्टफोनमा डुअल फ्रन्ट स्टेरियो स्पीकर र पाँच ब्याक क्यामरा हुने दाबी गरेको छ ।

    यस पेन्टा रियर क्यामरा सेटअपको एउटा लेन्स पेरिस्कोप यूनिट हुने बताएको छ । एन्ड्रोएड नेक्सको रिर्पोटअनुसार सोनी एस्सपेरिया ५ प्लस वा एक्सपेरिया १.१ को क्यामरा सेट अपमा एउटा १२ मेगापिक्सलको प्राइमरी क्यामरा सेन्सर हुने छ । जसको सेन्सर साइज १/१.५ इन्च हुने छ । यस बाहेक यसमा १/१.७ इन्च सेन्सर साइज भएको ६४ मेगापिक्सल क्यामरा सेन्सर हुने छ ।

    तेस्रो क्यामरा सेन्सर १२ मेगापिक्सलको अल्ट्रा वाइड एंगल लेन्सको हुनेछ । यसको सेन्सर साइज १/३.४ इन्चको हुने छ । चौथो क्यामरा २ मेगापिक्सलको टाइम अफ फ्लाइट लेन्स र पाँचौमा ओआइएससँगै आउँदो पेरिस्कोप लेन्स हुने जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार