पाठकको नाम आयुक्तको सूचीबाट हट्यो


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, फाल्गुन ४, २०७५

  • काठमाडौँ,  फागुन ४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकको नाम आयुक्तको सूचीबाट हटाइएको छ । आयोगका प्रवक्ता रामेश्वर दङ्गालले पाठकलाई आयुक्तको सूचीबाट हटाइएको जानकारी दिए ।

    आर्थिक लेनदेनसम्बन्धी विवादमा मुछिएपछि आयुक्त पाठकले फागुन ३ गते नै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा दिएका थिए ।

    राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आयोगका आयुक्त पाठकले फागुन ३ गते देखि लागू हुने गरी राजीनामा दिएका जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार