पेप ग्वार्डिवला विश्वकै उत्कृष्ट प्रशिक्षक हुन् :- जिनेदिन जिदान


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, पुस ६, २०७६

  • एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले पेप ग्वार्डिवला विश्वकै उत्कृष्ट प्रशिक्षक भएको बताएका छन् । शनिबार भएको पत्रकार सम्मेलनमा उनले उक्त कुरा बताएका हुन् ।

    च्याम्पियन्स लिगको अन्तिम १६ मा मड्रिडले ग्वार्डिवलाको म्यान्चेस्टर सिटी प्रतिद्वन्द्वी पाएको छ । सोही बारेमा जिदानलाई पत्रकारले सोधको प्रश्नको उत्तर दिँदै भने ‘म उनलाई खेलाडी तथा प्रशिक्षकको रुपमा सम्मान गर्छु । मलाई लाग्छ उनी विश्वकै उत्कृष्ट प्रशिक्षक हुन् । उनले यो कुरा देखाइसकेका छन् । आउँदो खेल विशेष हुनेछ किनकी मैले उनिविरुद्ध धेरै खेलेको छु । मलाई उनीसँग प्रतिस्पर्धा गर्न रमाइलो लाग्छ र राम्रो खेल हुने अपेक्षा छ ।

    त्यस्तै, पेपले पनि जिदानको तारिफ गरिसकेका छन् । उनले जिदान राम्रो व्यक्ति रहेको भन्दै उनीसँगको भेट विशेष हुने बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार