पेलेको स्वास्थ्य अवस्था बुझ्न नेयमार अस्पतालमा…


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, चैत्र २६, २०७५

  • काठमाडौं, चैत २६ ।  ब्राजिलियन स्टार नेयमार विश्व फुटबलका लिजेन्ड पेलेलाई भेट्न फ्रान्सको एक अस्पताल पुगेका छन्। ७८ वर्षिय पेले पछिल्लो समय मुत्रनलीमा आएको समस्याका कारण फ्रान्समा उपचार गराइरहेका छन्। बर्तमान फुटबलमा चर्चित नाम रहेको नेयमार केहि समय यता इन्जुरीका कारण मैदान बाहिर छन्।

    ब्राजिलीयन लिजेन्ड पेले एक साताअघि मुत्रनलीमा समस्याआएपछि फ्रान्सको पेरिस स्थीत एक अमेरिकन अस्पतालमा उपचाररत रहेका छन्। उनको समस्यामा सुधारोन्मख हुदै गएको अस्पतालले जनाएको छ। पेलेले अघिल्लो साता फ्रान्सका अर्का युवा स्टार केलियन एमबाप्पेसँग भेट गरेका थिए।

    सो क्रममा पेलेले आफ्नो समस्या विस्तारै सुधारोन्मुख भएको बताए। ७८ वर्षीय पेलेले आफ्नो रोग निको नहुदै अस्पतालबाट डिस्चार्ज हुन लागेको भन्दै नेयमारले उनलाई रोकेका थिए। नेयमारले पेलेसँगको भेटको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।

    नेयमार पनि चोटकै कारण अहिले उपचारमा छन्। यद्यपि उनी यसै साताबाट पेरिस सेन्ट जर्मेन (पीएसजी) को प्रशिक्षणमा फर्किएका छन्। पेलेले उपचार ठीक भएको र छिट्टै आफ्नो नियमित कार्यमा फर्कने बताए। तीनपटकका विश्वविजेता पेलेले आफ्नो उपचारमा संलग्न सबै चिकित्सकहरुलाई धन्यवाद दिएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार