प्रतिनिधिसभा विघटन गर्ने निर्णय सच्याउन माग


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, पुस ७, २०७७

  • काठमाडौँ, ७ पुस । संसारका विभिन्न देशमा रहेका प्रवासी नेपालीले जननिर्वाचित प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई तत्काल सच्याउन माग गरेको छ । प्रवासी नेपालीका तर्फबाट आज संसारका ३२ देशमा रहेका पार्टी निकट एकता मञ्चका तर्फबाट जारी गरिएको संयुक्त विज्ञप्तिमा प्रतिनिधिसभा विघटनको कदम जनताको चाहना विपरीत रहेको जनाइएको छ ।

    देश कोरोनाको कहरबाट गुज्रिरहेका बेला जनताको पीडामा मल्हम लगाउनुपर्ने बेलामा सरकारको पछिल्लो निर्णय गलत रहेको उनीहरुको भनाइ छ । यसरी विज्ञप्ति जारी गर्नेमा प्रवासी नेपाली एकता मञ्च बेलायतका अध्यक्ष राजेन्द्र पुडासैनी र सचिव सुरेश गौतम, पोर्चुगलका सचिव डोलराज भण्डारी, साइप्रसका अध्यक्ष रमिला राई र सचिव केशव ठकुरी, बहराइनका सचिव नारायण विक, युएईका अध्यक्ष बाबुराम विकलगायत प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष एवं सचिव हुनुहुन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार