प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, फाल्गुन २१, २०७६

  • काठमाडौं । २१, फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ । प्रा. डा. प्रेमराज ज्ञवालीको नेतृत्वमा गरिएको शल्यक्रिया र मिर्गौला प्रत्यारोपणको प्रक्रिया दिउसो ३ बजे सकिएको थियो । ओलीको उपचारमा झन्डै दुई दर्जन चिकित्सक संलग्न थिए । अहिलेसम्म ओलीको शरीरमा चारवटा मिर्गौला भएका छन् ।

    डा. ज्ञवालीले बीबीसीका अनुसार प्रत्यारोपणपछि नयाँ मिर्गौलाले काम गर्न थालेको छ । ‘हाल प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।’ शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा प्रेमकृष्ण खड्काले ओलीको शल्यक्रियापश्चात् पत्रकार सम्मेलनमा जानकारी दिए । ‘उहाका सबै मुख्य सूचकांकहरू राम्रो रहेको छ र प्रत्यारोपित मिर्गौलाले पनि काम सुरु गरिसकेको छ,’ उनले भने ।
    प्रधानमन्त्रीलाई हाल प्रत्यारोपण उपचार कक्षमा राखिएको छ । प्रधानमन्त्रीलाई मिर्गौला दिने समीक्षा संग्रौलाजीको स्वास्थ्य स्थिति पनि सामान्य रहेको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा शल्यक्रियामा सहभागी भारतीय डा. अनन्त कुमार र अर्का एक मिर्गौलारोग विशेषज्ञ मङ्गलवार भारतबाट आएका थिए ।

    बाह्र वर्षअघि भारतमा पहिलो पटक प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार