प्रधानमन्त्री र विज्ञबीच परामर्श


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, जेष्ठ २१, २०७७

  • काठमाडौँ, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा बन्दाबन्दीका अवस्थामा आर्थिक र सामाजिक गतिविधिलाई सहज बनाउने विषयमा आज विज्ञहरुसँग परामर्श गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा उपप्रधानमन्त्री, परराष्ट्रमन्त्री र स्वास्थ्यमन्त्रीसहित उच्च अधिकारी एवं अर्थ र स्वास्थ्यविज्ञ तथा सामाजिक अभियानकर्मी सहभागी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

    सरकारले यही जेठ ३२ गतेसम्म बन्दाबन्दी कायम गरेको र यहीबीचमा भारतलगायत तेस्रो मुलुकमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउने योजना सार्वजनिक गरेको छ ।

    आर्थिक र सामाजिक गतिविधिलाई क्रमशः सञ्चालन गराउनुपर्ने दबाब पनि सरकारलाई बढेको छ । कोरोना सङ्क्रमित दुई हजार नाघेका अवस्थामा सीमित स्रोतसाधनमा उपचार र सचेतनाका लागि अपनाउनुपर्ने थप रणनीतिका विषयमा पनि विज्ञले सुझाव दिएको बुझिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार