प्रशिक्षक डिएगो सिमोन भन्छन् : “एट्लेटिकोले यो सिजन ला लिगा टाइटल जित्नेछ ।”


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, भदौ १६, २०७६

  • प्रशिक्षक डिएगो सिमोन एट्लेटिको मड्रिडका प्रशिक्षक डिएगो सिमोनले यो सिजन क्लबले घरेलु लिग जित्ने बताएका छन् । एट्लेटिकोले आइतबार राति भएको खेलमा इबरविरुद्ध ३–२ गोलको रोमाञ्चक जित निकालेको थियो ।
    घरेलु मैदानमा भएको खेलमा एट्लेटिको पहिलो हाफको २७ औँ मिनेट सम्म २–० गोल अन्तरले पछि परेको थियो । त्यसपछि एट्लेटिकोले तीन गोल गर्न सफल भयो । “टिममा धेरै नयाँ खेलाडीहरु छन्, हामीले टिमलाई नयाँ तरिकाले लैजादैछौँ,” सिमोनले स्पेनिस मिडियासँगको कुराकानीमा भने ।

    “हाम्रो टिममा आएका नयाँ खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्, उनीहरु पनि टिमको राम्रो नतिजाको अपेक्षा गरिरहेका छन् । हामीसँग तीन जना नयाँ डिफेन्डरहरु छन् । उनीहरुले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनीहरु जस्तै टिममा केही राम्रा खेलाडीहरु छन् जसले टिममा राम्रो प्रदर्शन गरिरहेका छन्,” सिमोनले थपे ।

    सिमोनले यो सिजन मात्र एट्लेटिको मड्रिडमा आएका जाओ फिलिक्सले पनि पूरै सिजन क्लबका लागि उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन् । उनले फिलिक्सको हालको प्रदर्शनले निरन्तरता पाएमा टिम अझै उत्कृष्ट हुने बताए । “लिग जित्ने विषयमा अहिले नै केही भन्न सकिने अवस्था छैन । जुन खालको हाम्रो प्रदर्शन छ, यो रहिरहे टिमले लिग जित्ने पक्का छ,” सिमोनले भने ।

    एट्लेटिको लिगमा भएका पछिल्ला तीनै खेलमा जित निकाल्दै ९ अंकका साथ लिगको शीर्ष स्थानमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार