फिफा बरियतामा नेपाल १७०औं स्थानमा यथावत


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, फाल्गुन ८, २०७६

  • काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत रहेको छ । फिफाले मासिक रुपमा जारी गर्ने वरीयतामा नेपाल १७०औं स्थानमै यथावत रहेको हो ।

    यसअघि २०१९ को डिसेम्वरमा जारी वरीयतामा पनि नेपाल १७०औं स्थानमै थियो । फिफाले २०२० मा एकै पटक फेब्रुअरीमा मात्र वरीयता सार्वजनिक गरेको हो ।

    दक्षिण एसियामा भारत र माल्दिभ्स नेपालभन्दा अघि छन् भने बंगलादेश, भुटान पाकिस्तान र श्रीलंका नेपाल भन्दा पछि छन् । भारत १०८औं र माल्दिभ्स १५५औं स्थानमा यथावत छ । यस्तै बंगालदेश १८७औं भुटान १८९औं स्थानमा यथावत छ भने पाकिस्तान एक स्थान सुधार गर्दै २००औं स्थानमा उक्लेको छ । एक स्थान तल झरेको श्रीलंका २०६औं स्थानमा छ ।

    विश्व वरीयतामा भने युरोपियन राष्ट्र बेल्जियम शीर्ष स्थानमा यथावत छ । २०२० मा थोरै मात्र मैत्रीपूर्ण खेलहरु भएकोले वरीयतामा खासै फेरबदल भएको छैन । शीर्ष १० मा पनि कुनै फेरबदल छैन ।

    फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंग्ल्याण्ड चौथो र उरुग्वे पाँचौ स्थानमा यथावत छ । यस्तै क्रोएसिया छैटौँ, पोर्चुगल सातौं, स्पेन आठौं, अर्जेन्टिना नवौं र कोलोम्बिया दशौं स्थानमा यथावत छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार