फुटबलमा जातीय दुर्व्यवहार बढ्दो


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, भदौ १६, २०७६

  • फुटबलमा जातीय दुर्व्यवहारका घटनाहरु बेला बेलामा सुनिइरहन्छन् । आइतबार रातिको खेलमा पनि इन्टर मिलानका स्ट्राइकर रोमेलु लुकाकुमाथि काग्लियरी क्लबका समर्थकहरुले जातिय दुर्व्यवहार गरेका थिए ।

    गए राति सिरी ए अन्तर्गतको खेलमा इन्टर मिलानले काग्लाएरीलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । लुकाकुले पेनाल्टीमार्फत् गोल गरेपछि उनीमाथि जातीय दुर्व्यवहार गरिएको थियो ।

    जातीय दुर्व्यवहारको शिकार हुने उनी एक्लो खेलाडी होइनन् । अघिल्लो साता मात्र म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पोग्बामाथि पनि यस्तै दुर्व्यवहार भएको थियो । पोग्बाले प्रिमियर लिगमा वल्भविरुद्धको खेलमा पेनाल्टी मिस गरेका थिए । उनले पेनाल्टी मिस गर्दा युनाइटेडले लिगको दोस्रो खेलमा वल्भसँग बराबरी खेल्नु परेको थियो । पोग्बालाई म्यान्चेस्टरका समर्थकले जातीय दुर्व्यवहार गरेका थिए ।

    २६ वर्षीय लुकाकुले पेनाल्टीमार्फत् गोल हानेपछि उनलाई मङ्की च्यान्टद्वारा काग्लियरी क्लबका समर्थकहरुले उनको आलोचना गरे । खेलपछिको अन्तरवार्तामा घटनाको निन्दा गर्दै इन्टरका डिफेन्डर मिलान स्क्रिनियरले भने, “त्यहाँ केही कुराहरु छन्, जुन फुटबलमा हुनु हुँदैन ।”

    इन्टर मिलानका प्रशिक्षक एन्टोनिओ कोन्टेले दुर्व्र्यवहार बारेमा बोल्दै भने, “मैले त्यस्तो केही सुनिन । तर यो साँचो हो कि इटालीमा अझ धेरै शिक्षाको आवश्यक रहेको छ ।”

    बेल्जियमका स्ट्राइकर लुकाकु यो समरमा म्यानचेस्टर युनाइटेडबाट ७४  मिलियन पाउन्ड स्ट्रलिङमा इन्टर मिलानमा अनुबन्ध भएका थिए । उनले क्लबमा अनुबन्ध भएदेखि दुई खेलमा दुई गोल गरिसकेका छन् ।

    गएको सिजनमा एभरटनका मोइस किन पनि युभेन्टसबाट खेल्दा काग्लियरीका समर्थकहरुद्वारा दुर्व्यवहारमा परेका थिए । युभेन्टसका प्रशिक्षक मास्सीमिलानो एलर्जी र डिफेन्डर लिओनार्दो बोनुक्कीले किनलाई दोष फिर्ता लिनको लागि भनेका थिए । किनले गोल गरेको खुशी मनाउँदा जातीय दुर्व्यवहार व्यहोरेका थिए । बीबीसी ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार