बर्ड फ्लुबाट बच्न कुखुराको मासु यसरी पकाएर खानुहोस्


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, चैत्र ११, २०७५

  • चैत ११ , काठमाडौं ।  अहिले बर्ड फ्लु चौरै तिर फैलिरहेको छ र बर्ड फ्लुको डरले मानिसहरु कखुराको मासु खान डराउँछन् या हिचकिचाउँछन् । आजभोली दिनानु बर्ड फ्लु को संक्रामण बढ्दै गई रहेको अवस्था छ । यो समयमा कखुराको मासु अरुबेला भन्दा अलि सस्तो मुल्यमा पनि पाईन्छ । बर्ड फ्लू एउटा एभियन इन्फ्लूएञ्जा भाइरसको छोटकरी रुप हो । एसियाका विभिन्न देशमा भेटिएको यो भाइरसको पूरा नाम हाइली प्याथोजोनिक एभियन इन्फ्लूएञ्जा अर्थात् एचफाइभ एनवान हो । बर्ड फ्लु बिशेष गरी कुखुरा, हाँस, टर्की र जङ्गली चराचुरुङ्गीमा देखा पर्ने सरुवा रोग हो । यो रोग कहिले काही सुँगुरमा पनि देखा पर्ने हुन्छ ।

    यो रोग कुखुरा र पक्षीहरूमा अति सङ्क्रामक रोग हो। यो जतिबेला जहाँ पनि फैलन सक्छ । बर्ड फ्लूको भाइरस कुखुराको मासु, प्वाँख, सिंगान, र्याल, सूली, दाना, अण्डा, अण्डा राख्ने क्रेट, दाना राखेको बोरा आदिको माध्यमबाट सर्ने हुन्छ । हावापानीको माध्यमबाट यो भाइरस अत्यन्त द्रूत गतिमा फैलन र धेरैको ज्यान लिनसक्ने भएकाले बर्ड फ्लूलाई प्राणघातक रोग पनि भनिन्छ ।

    तर बर्ड फ्लु छ भनेर कुखुराको मासु खानै नहुने चाँही होईन । यो रोगका कारण कुखुराको मासु खान हिचकिचाउन नपर्ने डाक्टर बताउँछन् राम्ररी पकाएको मासु खाँदा बर्ड फ्लु भाइरसले कुनै असर नगर्ने उनीहरुको दावि रहेको छ ।  स्वास्थ्य सेवा विभाग, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. विवेककुमार लालले मासु उपभोक्ता तुलनात्मक रुपमा सुरक्षित रहेको बताएका छन् । उनले भने, ‘काँचो मासु खानु हुँदैन्, पकाएर खानु पर्छ । पकाएर खाँदा बर्ड फ्लुको जोखिक हुँदैन ।’ मासु उपभोग गर्नेभन्दा पशुपन्छीको स्याहारसुसार गर्ने किसान र कामदारको स्वास्थ्य जोखिममा छ । डाक्टर भन्छन् कुखुराको मासु ७० डिग्री भन्दा माथिको तापक्रममा राम्ररी पकाएर खाएमा यो रोग लाग्दैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार