बलात्कार आरोपमा पक्राउ


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, भदौ २७, २०७७

  • सप्तरी, २७ भदौ । एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आरोपित १५ वर्षीय बालकलाई पक्राउ गरेको छ । पीडितकी आमाले दिएको उजुरीका आधारमा अनुसन्धानपछि पक्राउ परेका आरोपितविरुद्ध जबरजस्ती करणी उद्योगको उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक रामराजा केशरीले बताए ।

    आरोपितलाई गाउँलेले घटनास्थलबाट पक्राउ गरी प्रहरीको जिम्मा लगाएको हो । घाँस काट्न गएकी बालिकालाई एकान्त देखेर आरोपितले नियन्त्रणमा लिई पोखरीको डिलमा झाडी भएको स्थानमा लगी बलात्कार गरेको पीडितले बालिकाले बताइन् । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार