बाजुरामा जीप दुर्घटना : २ को मृत्यु, ११ घाइते


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, साउन ३, २०७६

  • काठमाडौं । साउन ३ ।  बाजुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । घाइते मध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । शुक्रबार बिहान सवा ९ बजे बाजुराको तिलुचौरबाट कालिकोट जाँदै गर्दा भुवाखोलाको उकालो चढ्ने क्रममा जिप दुर्घटना भएको हो ।

    दुर्घटनामा मृत्यु हुनेमा जिपका चालक कैलालीको टिकापुर नगरपालिका २६ वर्षीय रमेश बोगटी र मुगुको खत्याड गाउँपालिकाका २४ वर्षीय रामबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी हवल्दार गणेश बमले जानकारी दिए ।

    घाइतेहरुको अहिले घटनास्थलमै प्राथमिक उपचार भइरहेको छ । उनीहरुको उद्धारका लागि गृहमन्त्रालयमा सम्पर्क गरी हेलिकप्टर मगाइएको प्रहरीले जनाएको छ। जिप सडकबाट झण्डै ५० मिटर तल खसेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार