बार्सिलोनालाई हराउदै ग्रानाडा ला लिगाको शीर्ष स्थानमा


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, अशोज ५, २०७६

  • एजेन्सी ।  उपाधीको दावेदार मानिएको डिफेन्डिङ च्याम्पियन बासिंलोना स्पेनिस ला लिगामा ग्रानाडासँग पराजित भएको छ। घरेलु मैदानमा ग्रानडाले बार्सिलोनालाई २–० ले पराजित गरेको हो।  बार्सिलोनालाई पराजित गर्न रामन अजिज र अल्भरो भाडिलोले गोल गरे। अजिजले खेलको दोश्रो मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए। डिफेन्डर जुनियर फिर्पोको कमजोरीको फाइदा उठाउँदै अजिजले पहिलो गोल गरे। अल्भरोले ६६ औ मिनेटमा पेनाल्टी मार्फत अग्रता दोब्बर बनाए।  आर्टुरो भिडालले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि भिएआरको सहायतामा पाएको पेनाल्टीलाई अल्भरोले गोल गरे।

    २ बर्षपछि ला लिगामा पुनरागमन गरेको ग्रानाडाको ला लिगाको सिजनको तेश्रो जित हो। जितसँगैै तालिकाको शिर्ष स्थान पुगेको छ। ५ खेलमा ३ जित र १ बराबरीको नतिजासँगै १० अंकका साथ ग्रानाडाले शिर्ष स्थामा रहने मौका पाएको हो। १ खेल कम खेलेको सेभिल्लाको १० अंक भएपनि गोल अन्तरको आधार दोश्रो स्थानमा छ।   यता बार्सिलोनाको सिजनको दोश्रो पराजय हो। पराजित भएपछि बार्सा लीगको सातौ स्थानमा रहेको छ।

    उसले २ जित र १ बराबरीबाट ७ अंक जोडेको छ। यसअघि बार्सिलोना एथ्लेटिको बिल्वाओसँग १–० ले पराजित भएको हो। सन २०१४ यता भएका १२ भेटमा ग्रानाडासँग बार्साको दोश्रो पराजय हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार