बार्सिलोनाले खराब प्रदर्शन गर्नुका ७ कारणहरु


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, अशोज ६, २०७६

  • एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले घरेलु लिग ला लिगामा १८ वर्षपछि खराब सुरुवात गरेको छ । सिजन २०००–०१ मा लोरेन्स सेरा फेरर प्रशिक्षक रहँदा बार्सिलोनाले घरेलु लिगमा राम्रो सुरुवात गर्न सकेको थिएन । त्यसपछिको सिजनमा बार्सिलोनाले लिगमा राम्रो गरेको भए पनि हालका प्रशिक्षक अर्नेष्टो भालभर्देले बार्सिलोनालाई राम्रो दिशा दिइरहेका छैनन् ।

    लिगको ५ खेल सकिँदा बार्सिलोनाले ८ अंक गुमाइसकेको छ । बार्सिलोनाले २ खेलमा हार तथा १ खेलमा बराबरी गरेर उक्त अंक गुमाएको हो ।

    बार्सिलोनाले खराब प्रदर्शन गर्नुका ७ कारणहरु:

    भालभर्दे:

    प्रशिक्षक भालभर्देको गल्तीको कारण बार्सिलोनाले कमजोर क्लबसँग पनि पराजय व्यहोरिरहेको छ । इभान राकेटिच र सर्जियो बुस्केट्सलाई कहिले बाहिर राखेर आर्थुरो भिडाललाई भित्र पठाउँदा टिमले कमजोर प्रदर्शन गरेको छ । उनले आफ्नै ढंगले मिडफिल्डलाई चलाउँदा टिमको प्रदर्शन कमजोर बनेका केही खेलहरु छन् ।

    भालभर्देले आन्सु फाटी तथा कार्लेस पेरेजलाई भने खेल्ने मौका दिएका छन् । तर, ग्रानाडासँगको खेलमा भने भालभर्देले कति सानो गल्ती गर्छन् भन्ने उदाहरण प्रस्तुत गरेका छन् । उनले आगामी खेल तालिकालाई हेरेर खेलाडीहरुलाई मैदानमा उतार्दा टिमले पराजय व्यहोर्नुपर्यो । आर्थुर मेलो, सर्जियो बुस्केट्स तथा फ्रांकी डी जोङको जमेको मिडफिल्डलाई उनले ब्रेक गरे ।

    मेसी:

    पिडौलामा लागेको चोटको कारण मेसी खेलमा त फर्किएका छन् तर, फर्ममा छैनन् । उनी ठिक भएको खण्डमा धेरै कुरा ठिक हुने पक्का छ तर, हालको अवस्थामा उनको प्रदर्शनले गर्दा बार्सिलोनालाई नै चिन्ता बढाएको छ ।

    एनफिल्ड:

    लिभरपुलको घरेलु मैदान एनफिल्डमा पराजय व्यहोरेपछि बार्सिलोनाको खेल प्रदर्शन खस्केको छ । गत मे ७ मा बार्सिलोना एनफिल्डमा ४–० गोलले पराजित भएको थियो । यसभन्दा अघि बार्सिलोना रोमको घरेलु मैदानमा पराजित भएको थियो । यस्तो पराजय व्यहोर्दा पनि क्लबका अध्यक्ष जोसेप मारिया बार्तोमेउले भालभर्देलाई विश्वास गरेर सम्झौता थपिदिएका थिए । बरु भालभर्देको रोजाइका डी जोङ, ग्रिजम्यान लगायतका खेलाडीलाई क्लबमा भित्र्याए ।

    जुनियर:

    भादभर्देको आदेशको पालना गरेर रियल बेटिसका पूर्व खेलाडी जुनियर फिरोपाले गम्भीर गल्ती गर्न पुगे । त्यस्तै उनलाई मैदान बाहिर ल्याउँदा झनै अर्को गल्ती गर्न पुगे । यसरी खेलाउँदा फिरोपाको करिअर नै समाप्त हुन सक्छ । भालभर्देले भने सेमेडोलाई लेफ्टमा राखेर खेलाउँदा उनी टाउको नभएको कुखुरा जस्तो गरि खेल्न थाले ।

    डी जोङ:

    नेदरल्याण्डका खेलाडी डी जोङले राम्रो खेल्ने संकेत देखाइरहेका छन् । तर, उनलाई भालभर्देले सहयोगीहरु नै दिएका छैनन् । न त उनलाई आफ्नो स्थानबाट खेल्न नै दिएका छन् । उनलाई कहिले ट्याकल गर्न पठाएका छन् त कहिले डिफेन्सिभ मिडफिल्डबाट खेल्न पठाउँदा उनले आफ्नो खेल स्वतन्त्रतापूर्वक खेल्न पाएका छैनन् । यसभन्दा अघि बिल्बाओसँगको खेलमा एलेनालाई यसरी खेलाउँदा हार व्यहोरेपछि भालभर्दे डी जोङलाई चलाउन पुगेका हुन् ।

    ग्रिजम्यान:

    फ्रेन्च मिडफिल्डरलाई अनुबन्ध गर्ने प्रकृयामा ठूलो हल्लाखल्ला भयो । यसभन्दा अघिल्लो सिजन पनि उनी आउने हल्ला ब्यापक रुपमा चलेको थियो । तर, उनीबाट सन्तोषजनक नतिजा आउन सकेको छैन । मोटो रकम हालेर ल्याएको स्टार खेलाडीबाट यस्तो खेल प्रदर्शन हुनुले भालभर्देको योजना सही नभएको फुटबल पण्डितहरुले बताउँदै आएका छन् ।

    तै पनि बेटिस तथा भ्यालेन्सियाविरुद्धकोक खेल भने उनले राम्रो खेले । उनलाई मेसी तथा स्वारेजसँग फिट हुनेको लागि अझै केही समय लाग्ने भएको छ ।

    आन्सु फाटी:

    फाटीको प्रदर्शनले बार्सिलोनाको भविष्य उज्वल देखाएको छ । १६ वर्षको केटोले जुन प्रदर्शन गरेको छ त्यो असाधरण हो । उनीबाट धेरै अपेक्षा पनि गर्न सकिन्न । यो उमेरमा नै पहिलो टिममा स्थान बनाउन सक्नुले टिमका अन्य खेलाडीहरुलाई चुनौति बढेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार